प्रचण्डका परिवारमा तीनै जना अस्वस्थ

Posted on: 23 Jan, 2019

माघ ९, काठमाडौं | सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सहित उनको पत्नी सिता दाहाल र बुहारी बिना मगर समेत बिरामी परेका छन् । 

भाइरल ज्वरोका कारण प्रचण्ड अस्वस्थ भएका छन् । उनी चिकित्सकको सल्लाहबमोजिम निवासमै आराम गरिरहेका छन् । प्रचण्डलाई चिकित्सकले केही दिन कसैसित भेट नगर्न र सार्वजनिक

कार्यक्रममा सहभागी नहुन सुझाव दिएको दाहालको स्वकीय सचिवालयले जनाएको छ । 

त्यस्तै प्रचण्ड पत्नी सीता र बुहारी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि बिरामी छन् । उनीहरुलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) ले ग्रस्त बनाएको छ । उनीहरूलालाई सुमेरु अस्पतालमा उपचार गराईरहिएको छ । 

अस्पतालका अनुसार सीतालाई आइतबार र बिनालाई मंगलबार भर्ना गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!