नेविसंघको विरोध प्रदर्शन जारी, ताहाचल र त्रिचन्द्र क्याम्पसमा प्रहरीको लाठिचार्ज

Posted on: 30 Jan, 2019

माघ १६, काठमाडौँ | नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बलपूर्ण ढंगले पास गरेकोमा बिरोधमा कांग्रेस तथा उसका भात्री संगठनहरुले बिभिन्न बिरोधका कार्यक्रम गरेका हुन् । 

यसै क्रममा मंगलबार बेलुका काठमाडौँको ताहाचल स्थित महेन्द्ररत्न क्याम्पसमा नेविसंघका विद्यार्थीहरुले राके जुलुश सहित सरकारको विरोध गरे । क्याम्पसका उपसभापति कपिल थापाको नेतृत्वमा भएको राके जुलुश सहितको विरोध कार्यक्रममा आन्दोलनरत उपसभापति थापा सहित केहि नेविसंघका विद्यार्थीहरु घाइते भएका थिए । 

ताहाचल क्याम्पसबाट निस्किएको जुलुश कालिमाटीतर्फ जाँदैगर्दा कालिमाटी टंकेस्वरको पुल नजिक प्रहरीले नियन्त्रणमा लिने क्रममा लाठिचार्ज गरेको थियो । उक्त राके जुलुश कार्यक्रममा नेविसंघका पुर्व केन्द्रीय सदस्य महेश नेपाली, नेविसंघ नेता दिपक भट्टराई, सुवास पाण्डे, कौशल दाहाल, नवराज पण्डित, रिजय भण्डारी र युवराज अधिकारी लगायत ताहाचलका नेविसंघ विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 


उता मंगलबारनै त्रिचन्द्र कलेज अघि प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा संघका एक विद्यार्थी नेता सामान्य घाइते भएका थिए । उक्त विरोध कार्यक्रममा नेविसंघका महामन्त्री सरोज थापा, संघका पूर्वकेन्द्रीय सदस्य दीपक भट्टराई लगायतको उपस्थिति रहेको थियो । 

विद्यार्थीहरुले आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघ मातहतबाट हटाएको, चिकित्सा शिक्षा विधेयक संसद्‍बाट बलफजफ्ती पारित गरिएको लगायतका मुद्दा उठाउँदै विरोध जारी राखेका छन् ।

मंगलबार नै विद्यार्थीहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि सडकमा सिठ्ठी जुलुशसमेत निकालेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!