कुकुरलाई मार्सी चामलको भात खुवाएर नेबिसंघले गर्यो सरकारको विरोध

Posted on: 31 Jan, 2019

माघ १७, काठमाडौं | काठमाडौंको नेपालटारमा नेविसंघले सरकारविरुद्द विरोध प्रदर्सन गरेको छ । कुकुरलाई मार्सी चामलको भात खुवाएर सरकारको बिरोध गरेको हो ।

ग्रामीण आर्दश बहुमुखी क्याम्पस र एन आर क्याम्पस नेविसंघका नेता तथा कार्यकर्ताले सो विरोध प्रर्दशन गरेका हुन् ।


कुकुरलाई मार्सीको भात ख्वाउँने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको कडा हस्तक्षेपबीचमा सो विरोध प्रर्दशन सम्पन्न भएको हो । सो विरोध प्रर्दशनको नेतृत्व सामुदायिक क्याम्पस नेविसंघका अध्यक्ष परोपकार अधिकारीले गरेका हुन् ।

यस्तै गरि कार्यक्रममा मातृका प्रसाद उपाध्याय, पवन थापा, राजु अधिकारी, सुवास अधिकारी, सन्तोष अधिकारी, राजकुमार भट्ट, लक्ष्मी भट्ट, डिवी शाही लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो । सो विरोध प्रर्दशन कार्यक्रम कोण सभामा परिणत भई विद्यार्थी नेताले आ–आफनो भनाई राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!