दिक्तेलमा सरकारको विरोधमा राके जुलुस

Posted on: 31 Jan, 2019

चिसाङ शेर्पा | माघ १७, खोटाङ | नेपाल विधार्थी संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वर्तमान सरकारको राके जुलुस निकालेर विरोध गरेको छ । बिहीबार साँझ दिक्तेलमा राके जुलुस निकालेर सरकारको व्यापक विरोध गरेको हो ।

दिक्तेलको भवनगैरादेखी–त्रिवेणीचोकसम्म नेविसंघका विधार्थी नेताहरुले कञ्चनपुरका निर्मला पन्तको हत्यारा पत्ता नलगाउनु, वाईडबडी विमान खरीदमा अनिमितता, डाक्टर गोविन्द केसीको माग, सुन काण्ड लगायतमा सरकारले वेवास्ता गरेको भन्दै विरोध गरेको हो ।  


त्रिबेणीचोकमा पुगेर राके जुलुस कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेविसंघका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संयोजक मोतीचन्द्र राई र नेविसंघ जिल्ला उपाध्यक्ष नईन्द्र राईले सम्बोधन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!