प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नेविसंघले नियन्त्रणमा लियो

Posted on: 02 Feb, 2019

माघ १९, काठमाडौं– नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको गाडी नियन्त्रणमा लिएको छ ।

सरकारी गाडी चलाउन नदिने आन्दोलन भन्दै नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगाना सवार बा १ झ ९९९५ नम्बरको गाडीलाई लाजिम्पाटबाट नियन्त्रणमा लिएको हुन् । 

नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले निकटका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले ढुंगाना सवार गाडीको चाबी नियन्त्रणमा लिएका हुन् । 

शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै प्रढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडीको चाबी उनीहरुले खोसेका थिए । 

यस्तै मे १झ १५१ नम्बरको गाडीसहित अरु ५ वटा गाडीका चाबी पनि उनीहरुले नियन्त्रणका लिएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!