भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने नेकपाको अडान कायमै

Posted on: 04 Feb, 2019

माघ २१, काठमाडौँ– नेकपाको आज बसेको सचिवालय बैठकले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने पार्टीको अडान दोहोर्‍याएको छ । 

सोमबार बसेको पार्टी सचिवालय बैठकले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्दै त्यहीँका नागरिकले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने पार्टीको अडान दोहोर्‍याएको हो ।’

माघ ११ गते अध्यक्ष प्रचण्डले  विज्ञप्ति जारी गर्दै भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए ।

त्यस्तै बैठकले सांगठनिक एकीकरणका काम सचिवालयले नै टुंगाउने निर्णय समेत गरेको छ । 

बैठकले स्थायी कमिटी बैठकबाट यसअघि बनेको ९ सदस्यीय कार्यदललाई अहिलेसम्म भएका प्रगतिबारेको प्रतिवेदन मंगलबार सचिवालयलाई बुझाउन निर्देशन दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!