मुगुमा कांग्रेसले गर्यो सरकारबिरुद्ध विरोध प्रदर्शन

Posted on: 04 Feb, 2019

नन्द बहादुर रोकाया । माघ २१ मुगु । नेपाल सरकारका विरुद्ध मुगुसहित देशभरका ७७ जिल्लामा बिरोध प्रर्दशन भईरहेका बेला नेपाली कांग्रेस मुगुले पनि सरकारका बिरुद्ध प्रर्दशन गरेको छ । नेपाल सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेस मुगले आज सदरमुकाम गमगढीकमा बिरोद्ध प्रर्दशन गरेको हो । 


दुई तिहाईको दम्ब देखाउदै केपि शर्मा वली नेतृत्वको सरकारले जन्ताको हित विपरित काम गरेको, हत्या, हिसां बढाएको, ठुला माछा लाई संरक्षण गरेको आरोप लगाउदै आज देशभर नेपाली काग्रेशले नालायक सरकारका बिरुद्ध प्रर्दशन गरीरहेको नेपाली काँग्रेस मुगुका वरिष्ठ नेता तथा पुर्व शिक्षा मन्त्री हस्तबहादुर मल्ले बताए । उनका अनुसार नालायक सरकारले एकलौटी हिसाबले संवैधानिक परिषद्बबाट निर्णय गरेको, चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पारित गरेको अधिनायकवादी चरित्र, निर्मला प्रकरण, ३३ किलो सुन कान्ड लगायत विषयको बिरोध गदै आज देशभर काग्रेश सडमा उत्रेको र सरकार बिरुद्ध प्रर्दशन गरीरहेको उहाँको भनाई छ । काग्रेसले राणा, पञ्चायत लगायत राजतन्त्र हटाउने बेला महत्वपुर्ण भुमिका खेलेकाले यो अधिनायकबादको गठबन्धनको सरकार लाई ढालेर छाड्ने नेपाली काग्रेश मुगुका पुर्व पाटी सभापती ऐन बहादुर शाहिले बताए । 


सरकारले ठटेली रुप, उखानन्, टुक्काले देश बन्दै देश बनाउन जनताको भावाना अनुसार काम गर्नु पन भन्दै पुर्वसभापती शाहीले सरकारले मनपरी ढगंले काम गरेर जन्ताले नपताउने बताउदै गफ लगाउदै जाने छिन्को माचि काम नगर्ने यो सरकारलाई आउदो चुनावमा जन्ताले बदला लिने बताए । बिरोध प्रर्दशनमा गाउँ गाउँबाट हजारौ नेता तथा कार्यकर्ता सदरमुका गमगढी मा आएका थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!