सरकारको बिरोधमा नेपाली काँग्रेस गुल्मीद्वारा बिरोध प्रर्दशन

Posted on: 04 Feb, 2019

लक्ष्मी अर्याल । माघ २१, गुल्मी । सरकारको बिरोधमा नेपाली काग्रेस गुल्मीले तम्घासको बालमन्दिरमा बिरोध प्रर्दशन गरेको छ ।

नेपाली काग्रेस गुल्मीले नेकपा सरकारले दूई तिहाईको दम्ब देखाएर जनताको मर्मलाई नबुझि अधिनायकबाद लाद्यन खोजेको भन्दै शान्तीपुर्ण रुपमा बिरोध गरिएको नेपाली काग्रेस गुल्मीका पार्टी सचिब खिलध्वज पन्थीले जानकारी दिनुभयो । 


पन्थीका अनुसार जनताहरुलाई अनाबश्यक कर थुपार्ने ,सदनमा सांसदहरुले कुरा राख्न नपाउने , बलत्कारीहरुलाई संरक्षण गरेको , जसले गर्दा नेपाली जनताले महंगीको चपेटामा पर्नु परेको , नेकपाको सरकार बनेपछि नेपालमा भष्ट्राचार बढेको भन्दै बिरोध गर्न बाध्य बनाएको उहाँले दाबी गर्नुभयो । यदि दूई तिहाइको दम्ब देखाएर सरकारले यस्तै प्रबत्ति देखाउदै गए नेपाली काग्रेस अब चुप लागेर नबस्ने भन्दै सरकारले चालिरहेको कदम नसच्याए आन्दोलन गर्न र सडक र सदनबाटै सरकारको बिकल्प खोज्न बाध्य हुने नेपाली काग्रेस गुल्मीले जनाएको छ । पछिल्लो समयमा नेकपाको सरकार प्रति नेपाली जनतामा बितृष्ण बढेकाले नेपाली जनता सरकारको बिपक्षमा रहेको सरकारलाई  हेक्का नभएको हुन सक्छ जनता अब नेपाली काग्रेसको पक्षमा हुमिएको पनि नेपाली काग्रेस गुल्मीले दाबी गरेको छ ।   बिरोध प्रर्दशन कार्यक्रममा नेपाली काग्रेसका कार्यकर्ता लगायत काग्रेस संम्बद्ध जनप्रतिनिधि लगायत भात्तृ संगठनहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । यस्तै सरकारको बिरोधमा नेपाली काग्रेस गुल्मीका भात्तृ संगठन नेपाल बिधार्थी संघ गुल्मी , तरुण दल गुल्मी र महिला संघ गुल्मीले आईतबार साँझ तम्घास बजारमा राँके जुलुस निकाली सरकारको बिरोध जनाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!