भेनेजुएलाकै पक्षमा नेकपाः अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णय

Posted on: 05 Feb, 2019

माघ २२, काठमाडौँ । नेकपा सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाकै राजनीतिक संकटका सम्बन्धमा संयुक्त राज्य अमेरिकाको आलोचना गर्दै जारी गरेको विज्ञप्तिलाई सदर गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने भन्दै अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णय गरेको हो । 

भेनेजुएलाको राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानार्कषण भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘हालैका दिनमा भेजेजुएलामा विकसित राजनीतिक घटनाक्रमप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । विदेश नीति र आन्तराष्ट्रिय सम्बन्धमा हाम्रो पार्टीमा कुनै अन्योल र द्विविधा छैन,’ उनले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!