माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सम्पन्न (फोटो फिचर)

Posted on: 13 Feb, 2019

फागुन १, काठमाडौँ | नेकपा माओवादी केन्द्रले आज २४ औं जनयुद्ध दिवसको अवसर पारि आफ्नो आठौँ महाधिवेशन उद्घाटन कार्यक्रम भव्य सहभागिताका बीच सम्पन्न गरेको छ | केन्द्रको महाधिवेशन कार्यक्रम आजदेखि तीनदिन सम्म चल्नेछ | 


काठमाडौँ स्थिति प्रज्ञा प्रतिष्ठानको हलमा आज ७७ जिल्लाकै अधिवेशन प्रतिनिधिका बीच माओवादी केन्द्रले महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो | माओवादी केन्द्रको तीन दिने महाधिवेशन पर्सि शुक्रबारसम्म चल्ने माओवादी केन्द्रले जानकारी दिएको छ | प्रचण्डको एमालेमा बिलय पछी पार्टीलाई मुर्त रुपमा लैजान र हजारौं सहिदहरुको सपना साकार पार्न माओवादी केन्द्रले आठौँ महाधिवेशन गरेको पार्टीका अध्यक्ष गोपाल किरातीले बताए | अध्यक्ष किरातिले धुर्विकृत कम्युनिष्ट शक्तिहरु बीचको एकताद्वारा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण गर्ने कुरामा महाधिवेशन केन्द्रित भएको बताए | 


उद्घाटन कार्यक्रममा सहभागी अन्य पार्टीका नेताहरुले माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई शुभकामना दिएका थिए | अधिकांश नेताहरुले नेकपा नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् | 



महाधिवेशनको उद्घाटन समारोहमा मालेका अध्यक्ष सिपि मैनाली लगायत अन्य पार्टीका नेताहरुले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए | उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कोटेश्वरमा फागुन २ र ३ गते हुनेछ | माओवादी केन्द्रको आठौँ महाधिवेशनमा भाग लिन ७७ वटै जिल्ला, जनबर्गीय संगठन, प्रवास र अन्तर्राष्ट्रिय विभाग सहित तीन सयभन्दा बढी प्रतिनिधिहरु काठमाडौँमा छन् | महाधिवेशनले नयाँ नेतृत्वसँगै पार्टीका आगामी कार्यदिशा र कार्यक्रम समेत पारित गर्ने माओवादी केन्द्रले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!