मन्त्री विकास लम्सालले गरे पूर्वसांसद जोशीमाथि कडा प्रहार, जोशीको ओठमुख नै सुक्यो (भिडियो)

Posted on: 24 Feb, 2019

पर्वत । गण्डकी प्रदेश मन्त्री विकास लम्सालले पूर्व सांसद अर्जुनप्रसाद जोशीमाथि कडा प्रहार गरेका छन् । कम्युनिष्ट सरकार आउँदा साथ यति चाँडै नेपाली काँग्रेसमा विचलन आएको भन्दै उनले पूर्व सांसदलाई ५ वर्ष धैर्य गरेर बस्न आग्रह गरेका हुन् । उनले पूर्व सांसदलाई अति चाँडै आत्तिनु पर्ने कारण नभएको भन्दै प्रतिपक्षको भूमिकामा रहन आग्रह गरेका हुन् ।

मन्त्री लम्सालले भने, हामी हारे पनि जिते पनि यति धेरै निरास हुने थिएनौं, हामी आफ्नो भूमिका निभाउन विचलित हुने थिएनौं तर यहाँ त काँग्रेस अताल्लीएको छ । पाँच वर्ष कुर्नुहोस् हामीले काम गर्न नसेक जनतालाई हराउनेछन् उनले भने ।

लम्सालले जनताले जोशीलाई तीन वर्ष जिताए पनि काम नगरेकै कारण हराएको सांकेतिक हमला गरेका थिए । उनले आफूहरुको पनि ५ वर्षको अवधिमा काम गर्न नसके जनताले हराउने भन्दै सांकेतिक रुपमा जोशीमाथि कडा प्रहार गरेका हुन् ।

भिडियो हेर्नुहोस्





यस बिषयमा तपाइको प्रतिक्रिया...!