माओवादी केन्द्रद्वारा क.कृष्णदास श्रेष्ठको निधनप्रति शोक वक्तव्य जारी

Posted on: 24 Feb, 2019

फागुन १२, काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले श्रद्दान्जली व्यक्त गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती 'साइला' द्वारा आइतबार जारी शोक वक्तव्यमा भनिएको छ 'नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता क. कृष्णदास श्रेष्ठको निधनको खबरले हाम्रो पार्टीलाई स्तब्ध तुल्याएको छ । उहाँको निधनले नेपाली क्रान्तिमा गंभीर क्षति पुगेको छ ।'

केन्द्रले क. कृष्णदास श्रेष्ठको शुद्ध कम्युनिष्ट आचरण तथा बिश्वसनीय अनुवाद र लेखन नेपाली कम्युनिष्टका लागि सच्चा अनुकरणीय रहेको उल्लेख गर्दै थप भनिएको छ 'क. कृष्णदासले जस्तै नयाँ पुस्ताका कम्युनिष्टले वैज्ञानिक विचार र उच्च नैतिकतामा बाँचेर क्रान्तिको सेवा गर्ने प्रण गरौं । श्रद्धेय कृष्णदास श्रेष्ठप्रति भावपूर्ण शद्धाञ्जली एवं परिवारजनमा यस बक्तब्य मार्फत समवेदना प्रकट गर्दछौ ।'

लामो समय नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै र सहभागी हुँदै आएका श्रेष्ठको जन्म बि.सं. १९८८ मा भएको थियो । उनको काठमाडौंको शंखमूलस्थित आफ्नै घरमा शनिवार दिउँसो १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!