प्रतिनिधिसभाको बैठक स्थगित

Posted on: 28 Feb, 2019

फागुन १६, काठमाण्डौ – आजको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । 

शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले शोक प्रस्ताव पारित गर्नेछ । प्रतिनिधिसभा सदस्यसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हिजो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!