अध्यक्ष दाहाल मर्माहत

Posted on: 02 Mar, 2019

फागुन १८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ । 

आज एकवक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा परी निधन हुनुभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारजनलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले नेपालका पहाडी भू–भागमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । 

सवारी क्षमताभन्दा बढी यात्रु बोक्ने र सडकको अवस्था विचार नै नगरी यातायात सञ्चालनको अनुमति दिँदा यसप्रकारको दुर्घटना भई जनधनको क्षति भइरहेकाप्रति सचेत गराउँदै उहाँले देशैभरीका सडकको स्तरोन्नति गरी सुरक्षित सडकका रुपमा विकास गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!