राहत तथा अस्थायी ज्यालादारीमा कार्यरत शिक्षकहरुको माग पूरा गर्न माओवादी केन्द्रको माग

Posted on: 05 Mar, 2019

फागुन २१, काठमाण्डौ | नेकपा (माओवादी केन्द्र)ले एक विज्ञप्ति जारी गरि राहत तथा अस्थायी ज्यालादारीमा कार्यरत शिक्षका शिक्षकहरुले आफ्ना जायज र न्यायपूर्ण माग प्रती सर्मथन र ऐक्यवद्धता जनाएको छ । 

माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीद्धारा जारी बिज्ञाप्तिमा भनिएको छ 'कम्युनिष्टको खोल ओढेको समाजवादी नामको दिएको सरकारले श्रमजीवी जनताका विभिन्न तप्काका जनसमूदायको आवाज सुन्नुको सटो उल्टै दमनमा ओर्लिनुले पञ्चायतको झल्को दिईरहेको छ । आन्दोलनका क्रममा घईते भएकाहरुको उपचार र क्षतीपूती दिन समेत माग गर्दछौ । साथै, सरकारले आन्दोलनरत पक्षको समस्या समधान गर्न सर्वपक्षीय उच्चस्तरीय आयोग गठन गरी यथाशिघ्र समस्याको हल गर्न हर्दिक अनुरोध गर्दछौ ।' 

आफूहरूलाई स्वत: स्थायी हुने व्यवस्था प्रस्तावित शिक्षा ऐनमा राख्न माग गर्दै दुई दिनदेखि शिक्षकहरू राजधानीमा आन्दोलनमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!