प्रेस युनियन खोटाङको अध्यक्षमा चौलागाईं

Posted on: 07 Mar, 2019

फागुन २३, खोटाङ | प्रेस युनियन नेपाल जिल्ला शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागार्इं निर्विरोध चयन हुनुभएको छ । बुधबार साँझ सम्पन्न युनियनको छैठौँ जिल्ला अधिवेशन तथा नवौँ साधारणसभाबाट चौलागार्इं अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । 

अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र बस्नेत, कृष्णकला राई, सचिवमा चिसाङ शेर्पा, सहसचिवमा दीपा बस्नेत र कोषाध्यक्षमा खेमराज अधिकारी चयन हुनुभएको छ । अधिवेशनले १५ सदस्य समिति निर्माण गरेको जनाइएको छ । 

केन्द्रीय प्रतिनिधिमा कृष्ण आचार्य, दिलीप खत्री, उजिर कार्की, अमृत गिरी, रविना सुवेदी र मनिषा गिरी चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा गोपाल राई, सुनिता राई, अश्विन राउत, सरिता राजभण्डारी, ओजनबाबु आचार्य, समराज राई, तारानाथ फुयाल र इन्द्रकला राई चयन हुनुभएको छ । 

अध्यक्ष चौलागार्इं नेपाल पत्रकार महासङ्घका जिल्ला सचिवसमेत हुनुहुन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!