प्रधानमन्त्री ओली र सिके राउतले एउटै मञ्चबाट सम्वोधन गर्ने

Posted on: 08 Mar, 2019

फागुन २४, काठमाडौं | सर्वोच्चको आदेशपछि हिजो मात्र रिहा भएका सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओली आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रिय सभागृहमा हुने भनिएको राउतको पत्रकार सम्मेलनमा प्रधानमन्त्री अ‍ोली पनि उपस्थित हुने बताइएको छ । राउत नेतृत्वको मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली आउने सम्भावना रहेको बताएका हुन् ।

मधेशमा ओलीमाथि रहेको आक्रोश कम गर्न मधेश गठबन्धनको मञ्चबाट ओलीले सम्बोधन गर्न चाहेको खानले बताए । 

तर सिके राउतले लिएको स्वतन्त्र मधेशको अभियान नछाड्ने उनले बताए । उनले मधेश गठबन्धनलाई बदनाम गराउन केहीले गलत प्रचार गरेको बताए ।

हिजो रिहा भएका राउतलाई सरकारले एकजना सुरक्षाकर्मी पनि उपलब्ध गराएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!