मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री र प्रचण्डबीच यस्तो छलफल

Posted on: 12 Mar, 2019

फागुन २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । प्रचण्डका अनुसार मंगलबार विहान प्रधानमन्त्री ओलीसँग मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भएको थियो ।

दुई अध्यक्षको बीचमा सामान्य सल्लाहबीच केही हेरफेर हुनसक्ने प्रचण्डले बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले सिके राउत समूहसँग सरकारले गरेको सहमतिमा आफ्नो समर्थन रहेको बताए । सरकार र पार्टीको अहिलेको ध्यान पृथकतावादी आन्दोलन लागेका मानिसहरुलाई राष्ट्रिय एकताको मुल धारमा ल्याउने र संविधानको स्वीकार्यता बढाउने भएको भन्दै उनले पार्टीका नेताहरुले यसबारे बाहिर धेरै नबोल्दा राम्रो हुने बताए ।

सिके राउत समूहलाई आफ्नो कार्यकर्तालाई सम्झाउन केही समय लागेको हुनसक्ने भन्दै सहमति कार्यान्वयनबारे हतार गर्न जरुरी नभएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!