विप्लवले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरेको प्रधानमन्त्रीको आरोप

Posted on: 12 Mar, 2019

फागुन २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा असुल्ने समूहसँग वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन नसक्ने भन्दै यस्तो समूहसँग वार्ता गर्नुको औचित्य नभएको बताएका हुन्  ।

प्रधानमन्त्रीले भने ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

फागुन २४ गते वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा ध्यानाकर्षण गराउन आएको व्यवसायीको टोलीसँग प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लवको नाम नलिई एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटको घटनाबारे सरकारले छानविन गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!