हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुदैन : प्रधानमन्त्री

Posted on: 12 Mar, 2019

फागुन २८,काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले हिंसा र  बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ । नेपाल  बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न पुगेको  टोलीसँगआज बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्रीओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभएको छ ।

“कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने,आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्”प्रधानमन्त्रीओलीले भन्नुभयो “जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।”


प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको बताउनुभएको छ । कम्यूनिष्टले त यूवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनु पर्ने प्रधानमन्त्रीओलीको भनाइ छ । “कम्यूनिष्टले त यूवाहरुलाई कर्मशिल हुन,सही बाटोमा हिडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो”प्रधानमन्त्रीओलीले भन्नुभयो “यहाँ त कम्यूनिष्टको नाममायूवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।”

प्रधानमन्त्रीओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःखव्यक्त गर्नु भएको छ । यस घटनाको बारेमा सरकारले छानविन गर्नेप्रधानमन्त्रीओलीले प्रतिवद्धता व्यक्तगर्नुभएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!