विप्लव नेकपालाई प्रतिबन्ध लगाएर विदेश उडे गृहमन्त्री

Posted on: 12 Mar, 2019

फागुन २८, काठमाडौं । विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाए लगत्तै गृहमन्त्री रामबहादुर थापा 'बादल' विदेश भ्रमणमा निस्केका छन् । विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने मंगलबारको मन्त्रीपरिषद् निर्णय पछि गृहमन्त्री मंगलवार राती ९ बजे अष्ट्रलिया उडेका हुन् ।

गृहमन्त्री थापा लागूऔषध सम्बन्धी अष्ट्रलियामा हुने एक कार्यक्रममा सहभागी हुन त्यता तर्फ लागेका हुन् । बैठकमा विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गृहमन्त्रालयबाट नै आएको स्रोतको दावी छ । प्रस्ताव टेवल गरेलगत्तै गृहमन्त्री थापा मन्त्रिपरिषदको बैठकबाट बाहिरिएका थिए । 

गृहमन्त्री निस्किएपछी प्रधानमन्त्रीले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिएका थिए । सरकारले पृथकतावादी सीके राउत समूहसँग ११ बुँदे सहमति गरेको पाचौँ दिन विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएको हो । 

राउतसँगको ११ बुँदे सहमतिपछि विप्लव समूहको गतिबिधि बारे गृहमन्त्री तथा प्रधानमन्त्रीले खुलेरै आलोचना गरेका थिए । मंगलबार नै बैदेशिक रोजगार व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्रीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्नेहरुसँग वार्ता हुदैन भन्दै प्रतिक्रिया दिएका थिए । फागुन २४ गते बैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न पुगेको  टोलीसँग आज बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्रीओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका थिए ।


यसअघि गृहमन्त्री थापाले समेत विभिन्न प्रदेशमा पुगेर सुरक्षा रणनीति सम्बन्धी गोष्ठीमा सहभागी भई विप्लवको गतिबिधीको आलोचना गरि काठमाडौं फर्केका थिए । उनी काठमाडौं फर्केलगत्तै विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय भएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!