विप्लव नेकपाको प्रारम्भिक जवाफ - 'प्रतिवाद गर्न तयार छौं'

Posted on: 13 Mar, 2019

फागुन २९, काठमाडौँ | सरकारले आफूहरु माथि प्रतिबन्ध लगाएपछी विप्लव नेकपाका नेताहरुले सरकारी निर्णयको कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । नेकपाले सरकारी निर्णयको प्रतिकार स्वरूप बिज्ञप्ति जारी गर्ने जानकारी प्राप्त भएको छ । 

ने.क.पा.का नेताहरुले आफ्नो राजनीतिक संघर्षलाई सरकारले बल प्रयोगको नीति अपनाएको भन्दै त्यसको प्रतिकार गरिने बताएका छन् । नेताहरुले सरकारी निर्णय देश र जनतामाथिको गम्भीर षडयन्त्र भएको भन्दै सरकार आफैले द्वन्द निम्त्याएको बताएका छन् । 

सरकारी निर्णय लगत्तै मंगलबारनै नेकपाका एक नेताले सरकारी निर्णयले आफूहरुलाई दमनमा उत्रने बाटो खुलेको बताएका थिए । आउँदो ३० गते बिहीबार ने.क.पा.ले घोषणा गरेको नेपाल बन्दलाई सशक्त र सफल तुल्याउन पनि उनले सबैसँग अपिल गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!