सरकारले ‘विप्लव’ समूहमाथि लगाएको प्रतिबन्धप्रति डा. भट्टराईले दिए यस्तो प्रतिक्रिया

Posted on: 13 Mar, 2019

फागुन २९, काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले लगाएको प्रतिबन्धले परिणाम नराम्रो दिने बताएका छन् । 

विश्व इतिहासमा पनि यस्ता घटनाले परिणाम नराम्रो दिएको भन्दै संयोजक भट्टराईले प्रतिबन्ध लगाउने सरकारको निर्णय उचित नभएको प्रतिक्रिया दिए । 

सामाजिक सञ्जाल ट्वीटरमा डा.भट्टराईले ‘नेकपा डबल’को सरकारले नेकपा चन्द समूहलाई आपराधिक भन्दै प्रतिबन्ध लगाएको घटनालाई माक्र्सले भनेझैं मजाक भन्ने कि वियोग भन्दै प्रश्न पनि गरेका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!