प्रधानमन्त्रीको सनकले मुलुकमा द्वन्द्वको खतरा बढेको गगन थापाको आरोप

Posted on: 13 Mar, 2019

फागुन २९, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लागएका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएकोप्रति इंगित गर्दै थापाले यस्तो बताएका हुन् ।

महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए दाबी गरे । 

ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानाशाही बन्नतर्फ लागेको उनको आरोप थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!