राजपाद्वारा प्रतिनिधिसभाको बैठक अवरोध

Posted on: 13 Mar, 2019

फागुन २९, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आजको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरको भन्दै बैठक अवरोध गरेको हो । 

बैठकमा बोल्दै राजपा सांसद राजकिशोर यादबले सरकारले प्रतिवेदन सार्वजनिक गरेमा सरकारको वास्तविक चरित्र प्रदर्शन हुने भएकाले सरकारले आनाकानी गरेको आरोप लगाउनुभयो ।

उहाँले सरकारले प्रतिवेदन खोज्दै गरेको र अध्ययन गर्दै गरेको भनेर टारेकोमा आपत्ति जनाउनुभयो । उहाँले सरकारले प्रतिवेदन सार्वजनिक नगरे संसद बैठक चल्न नदिने भन्दै आएको छ ।

मधेश आन्दोलन, थरुहट आन्दोलनका साथै अन्य घटनाबारे अध्ययन, अनुसन्धान गरी न्यायिक सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न भन्दै पछिल्लो समयमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा २०७३ साल असोज २ गते समिति गठन गरेको थियो । आयोगले २०७४ साल माघ २९ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

सभामुख कृष्णबहादुर महराले आइतबार संसदमा दिएको जवाफ चित्त नबुझेको राजपाका सांसद यादबले बताउनुभयो । सांसदको अवरोधका कारण बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!