विप्लव नेकपाका नेता जिवन्त पक्राउ

Posted on: 16 Mar, 2019

चैत २, काठमाडौ । नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पोलिटब्यूरो सदस्य मोहन कार्की 'जीवन्त' ललितपुरबाट पक्राउ परेका छन् । 

नेता जीवन्तलाई शुक्रबार सादा पोसाकमा आएका प्रहरीले बेलुकी ८ बजेतिर गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । तर, प्रहरीले भने उनको पक्राउ बारे आफुहरुलाई जानकारी नभएको बताएको छ ।

ललितपुर प्रहरी प्रमुख रविन्द्र घानुक, प्रहरी प्रवक्ता उत्तम सुवेदी र सिआइबीले समेत जिवन्तलाई पक्राउबारे आफुहरूलाई जानकारी नभएको बताएका छन् । तर नेकपा स्रोतले भने पोलिटब्युरो सदस्य जीवन्त पक्राउ परेको पुष्टि गरेको छ । 

उनी यस अघि पनि पक्राउ परेका थिए । त्यस बेला सर्वोच्च अदालतको आदेशपछि उनि रिहा भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!