प्रधानमन्त्री अधिनायकबादी चरित्र देखियोः अध्यक्ष राणा

Posted on: 20 Mar, 2019

चैत्र ६, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) अध्यक्ष पशुपति शमशेर राणाले सरकार अधिनायकवादी शैलीमा प्रस्तुत भएको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले प्रधानमन्त्री केपी ओलीले पुराना मुद्दा उठाउने र बन्दुक उठाउने एकै हुन् भन्ने अभिव्यक्ति दिएर अधिनायकबादी चरित्र देखाएको बताए । प्रधानमन्त्रीले विप्लव समूहसंग राप्रपा संयुक्तलाई दाँजेकोमा आपत्ती जनाए । ‘प्रधानमन्त्रीको अभिव्यक्ति जदजनक छ’ उनले भने, ‘संविधानले दिएको नागरिक अधिकार अनुरूप सडक संघर्षमा जान्छौ ।’ सरकारको चेतावनीबाट आफुहरु नडराउने दावी गरे । 

राप्रपा संयुक्त आफूहरूले संघीयताको विरोधी नभएको भन्दै राजसंस्थालाई स्थापना गर्नुपर्ने पार्टीको धारणा कायमै रहेको उनले जिकीर गरे । ‘सार्वभौमसत्ता जनताको हातमा रहेने गरी राजसंस्था स्थापना गर्नु अहिलेको आवश्यकता हो’ उनले भने । 

अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले सीके राउतले नयाँ दल दर्ता गर्ने र विखण्डनवादी विचार त्याग्ने निर्णय गर्नु स्वागतयोग्य भएको बताए । विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा सत्तापक्षले पहिले आफ्नो अनुहार ऐनामा हेर्नुपर्ने बताउँदै नेता लोहनीले संविधानको मर्म र भावना अनुसार शान्तिपूर्ण रूपमा आन्दोलन गर्नु पर्नेमा जोड दिए । उनले विप्लव समूहतर्फ इंगित गर्दै बन्दुक समाउने र फेरिपनि देशलाई द्वन्द्वमा फसाउने काम भने राम्रो नभएको बताए ।

‘सरकारले कर बढायो, भ्रष्टाचार बढायो, महंगी बढायो,’ उनले भने, ‘जनताका आशमाथि तुषारापात भएको छ । अब हामी सडकबाटै भएपनि सरकारको भ्रष्ट चरित्रको विरोध गर्छौं ।’ उनले हलो चिन्हमा सहमति भए कमल थापा नेतृत्वको राप्रपासँग एकता हुने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!