विप्लव समूहका नेता हेमन्त प्रकाशसहित आठ जना पक्राउ

Posted on: 23 Mar, 2019

चैत ९, काठमाडाैं - प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीसहित आठ जना पक्राउ परेका छन् । प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति काभ्रेबाट उनीहरुलाई पक्राउ गरेको हो ।

नेता ओलीसँगै पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा,शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का, सन्जीव कार्की, वेद घिमिरे र विजय श्रेष्ठ रहेको प्रहरी जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!