काँग्रेस त्याग गरी जोशी नेकपामा प्रवेश

Posted on: 25 Mar, 2019

पर्वत /नेपाली कांग्रेस कुस्माका सक्रिय कार्यकर्ता ज्ञानेन्द्रकुमार जोशी सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन ।
नेकपा पर्वत जिल्ला संयन्त्रले आयोजना गरेको एक समारोहका बिच जोशी नेकपामा प्रबेश गरेका हुन ।

जोशीलाई नेकपाका गण्डकी प्रदेश कमिटि अध्यक्ष हितराज पाण्डेले टिका र खादा लगाएर पार्टी प्रबेश गराएका छन । २०४६ साल मा नेपाल बिद्यार्थी संघ नारायण माबि इकाईका अध्यक्ष रहेका जोशी कांग्रेस कुस्मा र जिल्लाकै सक्रिय र जुझारु कार्यकर्ता मानिन्छन ।

उनले नेपालको बिकास बिकास र सम्बृद्धिको सपना नेकपाले मात्रै पुरा गर्न सक्ने अठोटका साथ नेकपामा प्रबेश गरेको बताए । पुस्तौ देखि कांग्रेस परिवारमा रहेको मान्छे त्यहाँबाट बाहिर निस्कन चाहेर पनि जो कोहीलाई संभब छैन, उनले भावुक हुँदै भने म आजाद भएर उड्न भ्याए । उनले नेकपाले दिने सबै जिम्बेवारीलार्ई कुशलतापुर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले निशंकोच जिम्वेवारी दिन आग्रह पनि गरे ।
जोशीलाई पार्टी प्रबेश गराउँदै नेकपाका गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले नेकपा नै नेपाली जनताले आशा र भरोशा गरेको पार्टी भएकाले अन्य पार्टीमा भएका नेता कार्यकर्ता पनि क्रमशः गोलबन्द हुँदै आउने बिश्वास ब्यक्त गरे ।

उनले देशको संबिधान बिरोधी बिखण्डनकारी आन्दोलनमा रहेका सिके राउत समेत शान्तिपुर्ण राजनिती र राष्ट्रिय अखण्डता स्विकार गर्दै मुलधारको राजनिधीमा आएको चर्चा गर्दै अध्यक्ष पाण्डेले बिप्लब समुह पनि शान्तिपुर्ण राजनैतिमा नआई सुखै छैन भने ।

बिप्लब समुहको पार्टीलाई प्रतिबन्ध नलगाई उसका हिंसात्मक गतिबिधी तथा संबिधान बिरोधी क्रियाकलापका बिरुद्ध मात्रै प्रतिबन्ध लगाएको स्पष्ट पारे । पार्टी एकिकरणको काम तल सम्म लैजान नसक्दा केही समस्या भएपनि यसले केही दिन भित्रै निकास पाउने आश्वासन पनि दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!