कांग्रेस सभापति देउवाविरुद्ध कांग्रेसकै महासमिति सदस्यद्वारा उजुरी

Posted on: 29 Mar, 2019

चैत १५,गोरखा | नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई हदैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजागाईले उजुरी गरेका छन् । 

बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाईले सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन् ।

बजगाईले देउवामाथि ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिहरुको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन् । 

- यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!