आँधीबेरीमा ज्यान गुमाएकाहरु प्रति माओवादी केन्द्रको दु:ख व्यक्त

Posted on: 01 Apr, 2019

चैत १८, काठमाडौँ | आइतबार साँझ आँधीबेरीबाट बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएकोमा गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले दु:ख व्यक्त गरेको छ । 

आज एक बिज्ञप्ति जारी गर्दै उक्त पार्टीले प्राकृतिक विपदबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग र घाईतेहरूको यथासक्य नि:शुल्क उपचारका लागि सरकारसँग माग गरेको छ । 

साथै उक्त पार्टीले आधिबेरीबाट मृत्यु भएकाहरु प्रति गहिरो सोक प्रकट गर्दै परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै मृतकहरुमा समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

उक्त पार्टीले प्रदेश २ मा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई घाइतेहरुको राहत कार्यमा सहयोग तथा आवश्यक कार्यमा सहायता गर्न आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!