बिप्लब देखी शेर बहादुर देउवासम्म एकै मन्चमा !

Posted on: 02 Apr, 2019

चैत १९, काठमाडौ | सयुक्त प्रतिपक्षी विद्यार्थी संगठनले आज भृकुटीमण्डप स्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेका छन ।

पत्रकार सम्मेलन मार्फत आगामी चैत २९ गते राष्ट्रिय सभा गृहमा सत्ता भन्दा बाहिरका सबै दलहरुका प्रमुख नेताहरुको उपस्थितिमा सरकारका विरुद्ध जोड्दार बिरोध कार्यक्रम आयोजना हुने जानकारी दिईएको अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले बताए । 

रायमाझीले सरकारले लगानीको नाममा नौटकी गरेको भन्दै सरकारका उच्च पदस्थ कर्मचारी, मन्त्री देखि प्रधानमन्त्रीसम्मले २५ ओटा भन्दा बढी काण्डमा न्युनतम १ अर्ब देखि ७२ अर्ब सम्म भ्रष्टाचार गरेको बिरोधमा यस्तो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराए । उनले खर्बौ रुपैया भ्रष्टाचारमा नेताहरुको मिलिमतो रहेको बताए । उनले भने 'चैत २९ गते प्रतिपक्षी मात्र होइन, देशलाई मायाँ गर्ने सबै युवाहरुको उपस्थिति हुन्छ । सरकारले मनपरी बिरुद्ध सशक्त आन्दोलनको पिकल्प छैन, त्यसैले विप्लव देखि शेर बहादुर देउवासम्म लाई एउटै मञ्चबाट आबाज मुखरित गराउदै छौ ।'

चैत २९ गते सभागृहमा शेर बहादुर देउवा, मोहन बैध, नेत्र बिक्रम चन्द `बिप्लब´, उपेन्द्र यादव, गोपाल किराति महन्थ ठाकुर लगाएत ११ जना नेता एउटै मञ्चबाट सरकारको बिरोध गर्दै छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!