आगामी ४ बर्षभित्र बझाङका गाउँबस्ती झिलिमिली हुन्छन्: सांसद सिंह

Posted on: 08 Apr, 2019

सम्राट सिंह । चैत्र २५, बझाङ । केन्द्रिय सांसद भैरव बहादुर सिंहले आगामी ४ बर्षभित्र बझाङका गाउँबस्तीहरु झिलिमिली हुने बताएका छन । सांसद सिंहले बझाङका विभिन्न बस्तीहरुमा बिजुली पुर्याउने उदेश्यले यसबर्ष आफ्नो पहलबाट झण्डै १ अर्ब रकम विनियोजन भइसकेको हुँदा आगामी ४ बर्षभित्र बझाङका गाउँबस्तीहरु झिलिमिली बताएका हुन ।


सोमबार संञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा नै बझाङका ग्रामिण बस्तीहरुमा शिक्षा,स्वास्थ्य,संचार,यातायात,विजुली,खानेपानी लगायतका आधारभुत आवश्यकताहरु पुर्याउने दाबी गरेका छन । 

सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको विकासका मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक , दिपालय चैनपुर लोकमार्ग , जयपृथ्वी राजमार्ग कालोपत्रे, उच्च हिमाली सडक (दार्चुला देखि बझाङ हुदै जुम्लासम्म), बिजुलीको केन्द्रिय प्रसारण लाइन बझाङ सम्म जोड्ने काम,सेती नदी तठबन्धन, जिल्लामा ४४ वटा स्वास्थ्य चौकीहरु, विद्यालयहरुमा कम्प्युटर ल्याव लगायतका जिल्लाका विभिन्न योजनाहरुमा रकम विनियोजन गरेको केन्द्रिय सांसद भैरव बहादुर सिंहका स्वकीय सचिव गोकुल सिंहले बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!