राप्रपाका अध्यक्ष कमल थापासहित ३ नेता पक्राउ

Posted on: 08 Apr, 2019

चैत २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ३ नेता राजधानीको पद्मोदय मोडबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरा  लगायत रहनुभएको  पार्टी प्रवक्ता मोहन श्रेठले जानकारी दिए ।


हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो ।

दर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!