बालुवाटार जग्गा प्रकरण: सञ्चारमन्त्री बास्कोटाले मुख खोले, गरे यस्तो दावी

Posted on: 11 Apr, 2019

चैत २८, काठमाडौं– सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई नछाड्ने बताए ।

मन्त्री बास्कोटाले सार्वजनिक जग्गालाई निजीमा ल्याउनेलाई छानविन गरेर तत्काल कार्वाही गर्ने बताए । मन्त्री बास्कोटाले भने, ‘सरकारी सम्पतिको रक्षा गर्नु नै सरकारको दायित्व हो, सरकारले अहिले जग्गा रोक्का गरेको छ । नेकपाका महासचिवले जग्गा किन्नु नै संलग्नता होला र ? उहाँलाई त झुक्याइएछ ।’ 

बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा गएपछि सरकारले यस अगाडि नै शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानविन समिति बनाइएको र अध्ययन भैरहेको मन्त्री बास्कोटाले बताए । उनले सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको पाइएमा सरकारले सत्यतथ्य पत्ता लगाएर आफ्नो नाममा ल्याउने दाबी गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!