प्रधानमन्त्रीसहित शीर्ष नेताहरु मध्यरातसम्म चन्द्रागिरीमा

Posted on: 12 Apr, 2019

चैत २९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरु बैठकका लागि चन्द्रागिरी पुगेका छन् ।

बिहीबार अबेरसम्म नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसहित अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा महासचिव विष्णु पौडेल लगायतका नेताहरु चन्द्रागिरीमा छलफलका लागि जम्मा भएका हुन् । 

नेकपाका नेताहरु पार्टी एकता लगायतका विषयमा छलफल गर्न चन्द्रागिरी पुगेका हुन् । नेकपा नेताहरुको उक्त बैठकमा नेकपाभित्र देखिएको विवादलाई कसरी समाधान गरेर लैजाने भन्नेमा भन्ने विषयमा छलफल भएको बताइएको छ ।

चन्द्रागिरी हिल्सको रिसोर्ट केही समयअघि मात्र सञ्चालनमा आएको छ । केही दिनअघिमात्र प्रचण्ड परिवारसहित एक रात बिताएर फर्किएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!