सरकार विरुद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा माले सहित ११ दलको मोर्चा

Posted on: 13 Apr, 2019

चैत ३०, काठमाडौं | नेपाली कांग्रेस सहित बिभिन्न ११ दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने चेतावनी दिएका छन् । बिभिन्न ११ दलका बिद्यार्थी संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको 'समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी' मा सरकारले जनहित भन्दा फरक तरिकाले संचालनमा रहेको भन्दै त्यसका बिरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारको आलोचना गर्दै सरकारले हस्तक्षपको नीति लिएको बताए । उनले अधिनायकवादी सरकारविरुद्ध सत्ता बाहिरका दलले मोर्चाबन्दी गर्नुपर्ने जिकिर गरे । 


त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको भन्दै सबै राजनीति दल मिलेर ओली सरकारविरुद्ध लाग्नुपर्ने बताए । 

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले पनि ओली सरकारको आलोचना गर्दै सरकार फासीवादी भएको आरोप लगाए । उनले सीके राउत र सरकारबीच भएको सम्झौता रहस्यमय रहेको जिकिर गरे । नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएको बिषयमा बोल्दै इउन्ले ओली सरकारले उक्त निर्णय पुनर्विचार गर्नुपर्ने बताए । 

उक्त कार्यक्रममा राजपा नेपालका नेता राजेन्द्र महतो, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा मालेका महासचिव सीपी मैनाली लागायत दल र तीनका बिद्यार्थी संगठनका नेताहरुको उपस्थिति रहेको थियो । 

Photo Credit: Aalok Rayamajhi 

यस बिषयमा तपाइको प्रतिक्रिया...!