जीतगढी किल्लामा प्रधानमन्त्री ओलीलाई कालोझण्डा !

Posted on: 20 Apr, 2019

वैशाख ७, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।

ऐतिहासिक जीतगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गरिररहेका बेला एक युवकले उनलाई कालोझण्डा देखाएका हुन् ।

‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्ने नारा लगाउँदै ती युवाले कालोझण्डा देखाएको प्रहरीले जनाएको छ । 

प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला भीडबाट ती युवाले कालोझण्डा निकालेर नारा लगाउँदै मञ्चतर्फ अगाडि बढेका थिए । प्रहरीले ती युवा अर्घाखाचीका रुद्र प्रसाद घिमरे रहेको जनाएको छ । उनलाई तत्कालै प्रहरी नियन्त्रणमा लिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!