नेकपा एकता: जिल्ला नेतृत्वको सुची बाहिरिएसंगै माधव नेपाल पनि बाहिरिए !

Posted on: 22 Apr, 2019

बैशाख ९, काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । नेकपाका ७७ जिल्ला नेतृत्वको सूची सोमबार बाहिरिएको हो  । 

जिल्ला अध्यक्ष र सचिवको सुची बाहिरीएपछि वरिष्ठ नेता माधव कुमार नेपाल पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् । 


राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् । 

कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए । सोलगत्तै उनी बाहिरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!