पार्टी एकताको अन्तिम फलामे ढोका फोरियो: अध्यक्ष प्रचण्ड

Posted on: 22 Apr, 2019

वैशाख ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम फलामे ढोका फोरेको दावी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औँ पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९ औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जिल्ला तहको नेतृत्व टुङ्ग्याउनु फलामे ढोका फोरे सरह भएको बताएका हुन् ।

पार्टी एकता टुंग्याउन विभिन्न कार्यदल बनाए पनि गाँठो झन् कस्सिदै गएको भन्दै पछि पुरानै ठाउँमा फर्किएर एकता प्रक्रिया पूरा गरेको प्रचण्डले बताए ।

‘हिजो राम्रो गर्छौ भन्दाभन्दै गाँठो कस्सिदै गयो । राम्रो गरौं भनेर कार्यदल बनायौं, झन् गाँठो कसिदै गयो । बरु पहिलेकै ठाउँमा जाउँ, जे छ त्यसलाई जस्ताको तस्तै आत्मसात गरौं भनेर यो ठाउँमा आयौं ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!