राष्ट्रपति भण्डारी चीनको सियानमा

Posted on: 24 Apr, 2019

वैशाख ११ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको सियान पुगेकी छन् । उनी नेपाल वायु सेवा निगमको बिमानबाट बिहान ११ बजे चीनको सान्सी प्रदेशको राजधानी सियानतर्फ प्रस्थान गरेकी थिइन् ।

राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि चीन भ्रमणमा सहभागी भएका छन् ।  सियानबाट राष्ट्रपति भण्डारी चीनको राजधानी बेइजिङ जाने कार्यक्रम छ ।


राष्ट्रपति भण्डारी शुक्रबारदेखि ३ दिनसम्म हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलन हुन चीन भ्रमणमा गएकी हुन् । भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि तय भएको छ । चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!