विप्लब समूहबाट नाम हटाउन निवेदन

Posted on: 27 Apr, 2019

सम्राट सिंह । बैशाख १४, बझाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध व्यक्तिले आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ । शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए । दुर्गाथली गाउँपालिका–७ बस्ने २८ वर्षीय सन्तोष दौल्यालले आफू विप्लव समूहमा नरहेको र आगामी दिनमा नरहने प्रतिबद्धता पत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरेको उनको भनाइ छ । 

प्रहरीमा निवेदन पेश गरेपछि उनीहरूको नाम अभिलेखबाट हटाएको जिल्ला प्रहरी कार्यालयका डियसपी सुर्य केसीले जानकारी दिए । उनले भने पछिल्लो समयमा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारेको र जिल्लामा हुने अपराधिक घटनामा कमी आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!