विप्लव समूहमाथिको प्रतिबन्ध हट्दैन: प्रधानमन्त्री ओली

Posted on: 30 Apr, 2019

 वैशाख १७, काठमाडौं । प्रधानमन्त्री केपी  शर्मा ओलीले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने बताएका छन् । प्रमुख विपक्षी सहितका दलहरुले वार्ता र सम्वादबाट समाधान खोज्नुपर्ने बताए पनि प्रधानमन्त्री ओलीले भने प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको बताए ।

मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सत्तारुण् नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए । प्रतिबन्ध भन्ने शब्द उल्लेख नगरी उनले भने, ‘कतिपयले फिर्ता लिनुपर्छ भनिरहेका छन् । बम पड्काउन पाइन्न भन्ने पनि फिर्ता लिने ? यो हुँदैन ।’

विप्लव समूहले हतियार बुझाए सहज हुने उनले बताए । नभए सरकारले नियन्त्रण गर्ने प्रष्ट पारे ।

सरकारले विप्लव समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!