सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाखलाई रोजगारी दिने

Posted on: 03 May, 2019

बैशाख २०, काठमाण्डौं – सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी सृजना गर्ने घोषणा गरेकी हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी थप रोजगारी सृजना हुने नीति तथा कार्यक्रममा उल्लेख छ । 

राष्ट्रपति भण्डारीले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताएकी छिन् । उनले जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएको बताइन् । जनताको हरेक पीडामा सरकारले साथ दिएको उनले बताइन् ।

हावाहुरी पीडितलाई घर बनाउन सरकार बारा र पर्सा पुगेको भन्दै उनले भनिन्, ‘जनताको हरेक सुखदुःखमा सरकार सधै छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका पछिल्ला कामकारबाहीले गर्दा हामी विकास गर्न सक्छौं भन्ने आत्मविश्वासि बढेको समेत दावी गरिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!