नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकीकरण, सोमबार औपचारिक घाेषणा हुने

Posted on: 04 May, 2019

बैशाख २१, काठमाण्डाै - नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच एकीकरण भएको छ ।

एकतासम्बन्धि समझदारीपत्रमा फोरमका अध्यक्ष उपेन्द्र यादब र नयाँ शक्ति पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले शनिबार हस्ताक्षर गरेका छन् । नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने र एकताको औपचारिक घोषणा साेमबार काठमाडौमा गरिने दुवै दलका अध्यक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहमति अनुसार डाक्टर भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् । डाक्टर भट्टराई संघीय परिषदको र यादवले केन्द्रिय समितीको नेतृत्व गर्ने समझदारी भएको छ । यी २ दलबीच यसअघि पनि पार्टी एकता गर्ने सहमति भए पनि अन्तिम समयमा हुन सकेको थिएन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!