म्यानपावर खारेज गर्न सांसद प्रेम सुवालको संशोधन प्रस्ताव

Posted on: 05 May, 2019

बैशाख २२, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले युवालाई विदेशमा बेच्ने एजेन्ट बनिरहेका सबै म्यानपावर कम्पनी खारेज गर्नुपर्ने आवाज उठाएका छन्।  सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम माथि संसदमा संशोधन प्रस्ताव दर्ता गर्दै सुवालले यस्तो माग गरेका हुन्। 

‘युवाहरुलाई विदेश बेच्ने धन्दा चलाइरहेका एक हजार भन्दा धेरै म्यानपावर खारेज गरौँ’, सुवालले संशोधन प्रस्ताव दर्ता गराउने क्रममा भने, ‘विदेशमा लुकाइएको नेपालीको पैसा सरकारीकरण गरौँ।’ 

सांसद् सुवालले सार्वजनिक जग्गा निजीकरणको फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन पनि माग गरे। ‘भ्रष्टाचारीलाई छाड्ने र सार्वजनिक जग्गा निजीकरण गर्ने न्यायाधीशलाई महाअभियोग लगाइने छ’, संशोधन प्रस्ताव दर्ता गर्दै उनले भने, ‘पञ्चायती निरंकुशताका कानुन खारेज गरिनेछ भनियो्। नेपालको जलविद्युत् भारत लगायतले पकड जमाउने नियम खारेज गरियोस।’ सांसद सुवालले काठमाडौँ–निजगढ फास्ट ट्रयाक खारेज गर्न पनि माग गरे। ‘भारतीय विस्तारवाद सजिलै प्रवेश गर्ने काठमाडौं–निजगढ फास्ट ट्रयाक खारेज गरी रोपवे चलाइनेछ’, भनियोस।  अब सरकारले सरकारका नेता र पत्नी उपचारका लागि विदेश जान नपाउने व्यवस्था गरिनुपर्ने उनले बताए। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!