पूर्वसभासद गायत्री साह र उनको श्रीमान पक्राउ

Posted on: 05 May, 2019

वैशाख २२, काठमाडौं । प्रहरीले पूर्वसभासद गायत्री साह सहित उनको श्रीमानलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले उनिहारुलाई पक्राउ गरेको हो ।

साहले २८ फागुनमा मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् । तर, बच्चामा डाउन सिन्ड्रोम देखियो । अस्पतालको लापरवाहीका कारण डाउन सिन्ड्रोम भएको बच्चाको जन्म भएको साह र उनको परिवारको आरोप छ ।


साह र उनका श्रीमान राजेश महतोले अस्पतालमै धर्ना समेत दिएका थिए । अस्पतालमा बच्चालाई दुध खुवाई रहेको बेला प्रहरीले पूर्वसभासद् साह र उनका श्रीमानलाई पक्राउ गरेर लगेको गायत्री साहका दाजु सुवास चन्द्र साहले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!