फोरमसँग एकता गरे सँगै नयाँ शक्तिका नेताहरु असन्तुष्ट

Posted on: 08 May, 2019

वैशाख २५, काठमाडौं । संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका नेताहरु असन्तुष्ट बनेका छन् ।

असन्तुष्ट समूहले बुधबार भेला गरेका छन्, जहाँ पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राईलगायत उपस्थित थिए ।

भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व छलफल नभएकोमा असन्तुष्टि जनाएका छन् । 

स्रोतका अनुसार असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!