नेकपा दाङको सपथ जेठ १ मा

Posted on: 13 May, 2019

वैशाख ३०, घोराही | नेपाल कम्युनिष्ट पार्टी दाङ जिल्ला कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम जेठको १ गते हुने भएको छ । 

नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र सचिव तुलसीराम पुन(सुवास)ले सोमबार विज्ञप्ती जारी गर्दै एक सय ५५ सदस्यीय कमिटीमध्य एक सय ५३ जनालाई सपथ खुवाइने जानकारी दिनुभयो । 

जेठ १ गतेका दिन विहान ११ बजे घोराहीको गणेश चित्रालयमा सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेकपा दाङले जानकारी दिएको छ । कार्यक्रममा सहभागिताका लागि गाउँ नगर पार्टी कमिटीका सदस्यहरुलाई समेत उपस्थितिका लागि नेकपा दाङले अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!