नेकपा सचिवालय बैठक स्थगित

Posted on: 19 May, 2019

जेठ ५, काठमाडौँ । पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी कामको टुङ्गो लगाउन आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ ।

शीर्ष नेताहरुको कार्यव्यस्तता र कार्यसूचीमा तयारी अभावका कारण बैठक सरेको हो । सचिवालयको औपचारिक बैठक नबसे पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक बैठक भएको थियो ।

केन्द्रीय सदस्यमध्ये बाट पोलिटब्यूरो सदस्यको चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, केन्द्रीय निकायको एकता तथा प्रभाव कमिटीको एकताका विषयमा पार्टीमा छलफल चलिरहेको छ । यही जेठ २ गतेको सचिवालय बैठकले जनवर्गीय सङ्गठनको संयोजक, सहसंयोजक र केन्द्रीय सदस्यहरुको सङ्ख्या निर्धारण गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!